शृङ्गार
भेट

हामी

 

                  

                          "हामी "



हामी दुई परालका भारी


पछाडिपट्टि कतै 

आगो सल्किएको जस्तो चेत भएको 

त्यो दिन

याद आउन,

तिमी आज ,

मुस्कुराउनुनै पर्यो

म मुस्कानमा लय मिलाएर फर्किएँ 


हाम्रो खुसीको लय मिलेको त्यो दिन

याद आउन

अचानक भार सहनुपर्यो

म सबै बोकेरै फर्किएँ ।


अपरिचित आवाज बोकेरै 

भेट भएको त्यो दिन

याद आउन

हामी नबोली जानुपर्यो

म तिमीलाई नबोलाई गएँ 



धान नलागी बनेका परालका 

भारी हामी,

मात्र भारी हामी

हामी दुई परालका भारी

मात्र भारी हामी ।

Post a Comment

0 Comments