आज रात,
अध्यारो छैन
निदाएको पनि छैन
तलबाट निस्कने सुर्यलाई कुर्दै
आफूलाई सुम्पिने सुरमा छ ।
सुर्योदयको पर्खाई धेरै रातले गरे
हिमाल मुस्कुराए
समयमै हराए
तर आज रातले
जुनलाई बिर्सिदियो
पहिलोपटक जुनलाई बिर्सिदियो ।
भोलि भेट होला नहोला
आजलाई तेजको अनौठो छायाँ बन्न खोज्दै छ ।
@thesine030
0 Comments