जे खोजेको छ मेरो अस्तित्वले
त्यो सबै सबै
मेरै अगाडि
मलाई नहेरी
परेलीले आखाँहरू छोपेर
न्यानो खुसी ओढेर
मिठो निद्रामा, कुनै दुनियामा
मेरै अगाडि हराएको ,
देखेजस्तो लाग्छ ।
म पुग्न सक्दिन लाग्छ ऊ सामु
ऊ हराएर ,भेट्टिएको छैन ,
म भेटमा पनि भेट्टिन सकेको छैन ।
भर्खर रोकिएको बर्षा पछिको मौसम
पातबाट तप तप तप समय खस्दै छ,
उसलाई हेरेर मबाट पटक पटक कविता खोसिदै छन ,
कति नजिक लाग्दैछ आज त्यो गगन ।
मलाई निदाउनु छैन आज
यहि संयोग समक्ष बिउझिँरहनु छ
सधैसधैको लागि पुग्ने गरि,
स्वतन्त्र मान्नेछु आफूलाई
बिसाईसके उसले नदेख्ने गरि , हिजोको भारी
आज शान्त छ, उसको रातको चौपारी ।
शालिनतामा पोतिएर
जीवनका रङ्गहरु अनुबाद गरिदिदैँ ऊ
यो झलमल्ल बत्तिको अगाडि
दङ्ग परेर भरिएको म ,
फराकिलो देख्दैछु नटुङ्गिने गोरेटो
ऊ अनि म यहि छौँ वरिपरी
ऊ निद्रामा
म ब्युझिँईरहेको
म ब्युझिँईरहेको।
@thesine030
0 Comments