ताजा छ,
हिजो झरेर पनि
आज भुईँमा सिँगारिएको रङ्ग
चिसो छ तर पनि
माघ-फाल्गुनमा छ गुलाबी उमङ्ग
खुला केशजस्तै सजिएको छ
खुला केशमा पनि सजिएको छ
हराएर पनि आइरहन्छ
झरिरहन्छ
छरिरहन्छ,
छरिएर सजिइरहन्छ
खै ,केही त त्यस्तै देखिईरहन्छ
खै, कोही त त्यस्तै देखिईरहन्छ ।
कतै कतै सेतो पछ्यौरीले छोप्दै
लजाएको देखिन्छ कोपिला
दङ्ग पार्दै
सुक्नै लागेका डालि भर्दै
आफैमा समेटिएर
बहार लिएर
आईरहन्छ चाड ,
बोकेर जीउनुको सार
बस ,सधै यहि बुझ्नेछन
यि नजरले जीवनको शृङ्गार ।
@thesine030
0 Comments