शृङ्गार
भेट

तिम्रो सहर


 "तिम्रो सहर"


तिम्रै सहरमा छु,

त्यही आकाशमुनि

जहाँ

रात बित्नु र दिन सकिनु

तिम्रो नूरजस्तै कतिबेला छोएर 

भाग्छ पत्तो छैन ।


तिम्रै सहरमा छु 

जहाँ असारबाट पौष हिडिँसके

तर अझै गल्लिहरु सकिएका छैनन।


तिम्रै सहरमा छु 

जहाँ हिमाललाई 

अध्यारो अनुहार लगाएर झुकेको चट्टान देख्न थालिसकेँ 

तिम्रै सहरमा छु


म तिम्रै सहरमा छु 

जहाँ कविहरुको आदि र अन्त्य छ

जहाँ हाम्रो कथाको अन्त्य आधी छ ।


म तिम्रै सहरमा छु 

जहाँ पछाडी फर्कदाँ 

जिन्दगी लम्बिएको जस्तो लाग्छ

जहाँ अगाडि जादाँ तिमीले पर्खिएको जस्तो लाग्छ



हो म त्यही सहरमा छु

हो म तिम्रै सहरमा छु

जहाँ आफ्नाहरुको लागि रोकिएर पर्खने चौपारी बनेको छैन ।



सायद भेट चौपारीहरुको सहरमा हुदोँरहेछ।

सायद भेट हाम्रो सहरमा हुदोँरहेछ ।


                                    @thesine030

Post a Comment

0 Comments