'विश्वशान्ति र बुद्ध'
शान्तिको दीपले प्रत्येक पटक
सास फेर्दै गर्दा
बुद्ध मुस्कुराईरहन्छन
अनि बनाउछन संसारलाई
शान्तिको लुम्बिनी ।
विश्वशान्तिको लागी
पहरा दिदै गरेका
बाहिर राईफल बोकेका
बुद्धहरू
मनभित्र बुद्धत्व बोकेका छन्
राईफलको गोलि बनेर
मनको ट्रिगर दबाएर
मुखबाट बुद्धवाणी निकाल्दछन ।
मिठो मधुर स्वरमा
गुञ्जने ती बुद्धवाणीहरूले
मग्न बनाउछ
अनि धकेल्छ जोकोहीलाई
शान्तिको आसनमा
ती बुद्धवाणीहरू भन्छन
आफूले आफैलाई चिन्
शान्ति आफूमै पाउँछौ
तिमी आफ्नो विश्व आफै शान्त बनाउछौ ।
अहिले धेरैबाट तिरस्कृत भईसकेको शान्ति
कताकता दबिएको छ
मन्दस्वरमा बुद्ध भनिरहेका छन्
शान्ति तिमीसँगै छ
सबैसँग फर्कने छ
विश्वशान्ति फक्रिएर फुल्ने छ ।
प्रसन्न हुनेछ विश्व जब
शान्तिको बादल ओढेर
बर्षने छन खुसीका थोपाहरु
चट्याङ पर्नेछ त्यो मनमा
जो अशान्तिको वाणी फैलाउदै छ
ओझेल पर्नेछ त्यो अशान्ति
उडेर हराउने छ क्षितिजपारी ।
हरेक समय
अझै ठुलो आवाजमा
स्तुपा मन्दिर गिर्जाघर मस्जिदमा
गुञ्जिरहनेछ एउटै गित
'ईश्वरसँग एउटै विन्ति
नगुमोस कहिल्यै विश्वशान्ति' ।।
-Subash(sine030)
1 Comments
ठिक छ अब म त के भन्न सक्क्छु
ReplyDelete