शृङ्गार
भेट

म त हराएको यात्री


 " म त हराएको यात्री"  


म त हराएको यात्री 

समय चपाएर निल्दै गर्दा 

परिस्थितिले पनि 

खुला हृदयले स्वागत गर्दै छ,



जीवन रमाउनको लागि 

केहि गास

समय चपाउन पाएको छु

म त  हराएको यात्री

समय चपाउदा पनि अपसोच छैन


पछाडि फर्केर हेर्दा 

हराएको बाटोमा

घुलोमा

बिगतले बनाएको 

छापमात्र देख्छु

हावाले घुलो उडाउदै छ,

विगतको छाप पनि उडाउदै छ


यस्तो पलमा तिमी अगाडि छ्यौ

मसग कुनै ठाउमा जाने बाटो 

सोध्दै  छ्यौ

म कसरी भनु तिमीलाई 

म त हराएको यात्री

म त हराएको यात्री।।।।

                                ✏Sine030

Post a Comment

0 Comments