सेतो, चिसो हिउं
तापको उपस्थिति
पग्लेको रङ्गहिन चिसो पानी
रङ्ग परिवर्तनको दृश्य
प्रकृति आकर्षक
म दर्शक
कसैको याद बोकेको
रातो रगत
पिडाको उपस्थिति
आखाॅबाट झरेका रङ्गहिन
आसुका थोपाहरु
पुन रङ्ग परिवर्तनको दृश्य
कसैको याद आकर्षक
तर म नै हुं दर्शक
गरिब भनि समाजमा
तिरस्कृत
उसको परिश्रमबाट सफलता
आफन्त भन्नेहरूको
बढ्ने आफ्नोपन
नहेरे पनि देखिने समाजको दृश्य
समाजकै 'म' हरु आकर्षक
समाजकै 'म' हरु दर्शक
युद्ध स्वीकारेको
सेतो कागज
निर्दोषको हत्या
युद्ध अन्त्यको स्वेत झण्डा पनि
रङ्ग एउटै तर
दुई क्षणको भिन्न सोच
रगतको रङ्ग आकर्षक
धेरै 'म' हरु दर्शक
आफ्नै स्वाभिमान बोकेको
प्यारो भूमी
छिमेकिको रजाँई
हस्तक्षेप पछि अझ प्रगाढ
बनेको राष्ट्रप्रेम
धेरै सुतेका बाघहरु
अल्छि गरेर उठेको दृश्य
नेपाल आमाको आसुं आकर्षक
धेरै नेपाली 'म'हरू मात्र दर्शक
0 Comments