शृङ्गार
भेट

सञ्जाल

सञ्जाल

पछाडि नफर्क
म त  हराउँदै छु
थोरै डराउदैँ छु
तर आफैलाई मन पराउदैँ छु ,

नबोलाउ
म अब पानी परेको सुन्छु
पानीमा मुस्कुराउदैँ बर्षन्छु
सुन्ने छैन अरू कसैलाई
न्यूरोनको सञ्जाल सुन्न देऊ मलाई
बुझ्न देऊ मलाई
रुझ्न देऊ मलाई ।।



                    @Sine030

Post a Comment

0 Comments