शृङ्गार
भेट

कोसिस


 कोसिस


फिर्ता बोलाउनु

हिँउदे झरिमा

फर्केर आउने कोसिस गर्नेछु

असारमा पनि खालि छु भन्दै छ संसार

खालि छु भन्नु त पुरा बन्न नसक्नुको

वाहना बन्दै छ

म झरिमा रुझेर आउने कोसिस गर्नेछु

म कोही हुदैँ आउने कोसिस गर्नेछु

म आफू हुदैँ आउने कोसिस गर्नेछु


आखाँ बन्द नगरि तर 

नपर्खि बस्नु तिमी,

म तिमीले देखेको तर

नबुझेको उत्तर लिएर आउन

कोसिस गर्नेछु ।


खुला राख्नु 

रित्त राख्नु मन

समयको शुन्यता भर्नलाई ,

म शुन्यमा छु तर

म खर्च नभएको क्षण लिएर आउने छु

म फर्कन कोसिस गर्नेछु

म फर्कने छु

म फर्कने छु ।

                               @Sine030 



Post a Comment

0 Comments