शृङ्गार
भेट

प्रवाह


 प्रवाह


खुसीसँगै उदायौ तिमी 

सँगै अस्ताउने बाचासँगै

बाहानामा त बाच्नु छ ,

कारण खोज्दै

कारण बन्दै,

मुस्कुराउने आधार बनिराखौला म

सधैभरी तिम्रो रविकिरणको आभार बनिराखौला म ।


सपनाको जगत सिरानिमै निदाए पनि

नजिकै खुलेको तिम्रो आँखामा आफूलाई भेट्छु

तिमी मेरो कारण बनिराख्नु

म तिम्रो खुसीको एउटा उदाहरण बनिराखौला ।


ढल्केको उमेरसँगै 

ढल्कदै छन रहरहरु

त्यही रहरसँगै 

यो साहारासँगै बेलाबेलामा

ढल्कनछन शिरहरु एक अर्काको काधँमा

तिमी ढल्कदा म अड्याउँला,

म ढल्कदा तिमी काधँको साथ दिईराख्नु ।


आफ्नो घर खोज्ने सबैजना

घर भेट्टाउन , नभेट्टाउलान

यो अनौठो जीवनको प्रवाह खोज्न हिडेको म

तिमीलाई भेट्टाएको छु ।


म वेगमै हिँडिराख्ने छु

तिमी मबाट भेट्टिईराख्नु ।






  

                               @thesine030

Post a Comment

0 Comments