शृङ्गार
भेट

मात्र -Sine030


 मात्र


रातको नियम तोड्न
आतुर प्रभातलाई
सबैको साथ देख्दा लाग्छ
म पनि सबैलाई छलेर
तिमीलाई भेट्न
पुगौँ कि ?

किन ? भन्छ्यौ होला तिमी,

म भित्र तिमी पनि समेटिएको
दिनपछि
म बाट ' म मात्र ' बन्दै जान्छु
रातमा

अनि नियम तोडौँ  लाग्छ,
वर्तमानसँग बसेर ईतिहास लेखौँ लाग्छ
उकुसमुकुस खबर तिमीलाई
सुनाउँ सुनाउँ लाग्छ
'म मात्र ' भएको आफुलाई  म भईरहुँ लाग्छ ।

Post a Comment

0 Comments