मानसपटलको विद्रोह
रिले दौड जस्तो
एक वृक्षले अर्को वृक्षलाई
बतास थमाईदिए जस्तो
मेरो मस्तिष्कमा
विचारहरु सलबलाईरहेका छन
कुनै माध्यम खोजी जोडिईरहेका छन
कुनै विद्रोह गर्न अनुक्रम मिलाउदै छन् ।
मेरो चेतनालाई
राम्रोसँग ज्ञात छ
तर पनि अंन्त:करणबाट
एउटा भिन्न प्रतिध्वनी आउँछ
जसले चेतनाको दियो निभाउँछ
निपट् अन्धकार बनाउँछ
अनि धकेल्छ
उही विद्रोहको भयावह महासागरमा
के को लागि विद्रोह भईरहेछ
थाहा छैन
किन विद्रोह भईरहेछ
थाहा छैन
आफ्नो लागि
या त आफ्नाको लागी?
थाहा छैन
मात्र थाहा छ त
विद्रोह कसरी भईरहेछ ।
त्यो सोच, विचार , परिकल्पनाको विद्रोह
हुरी नै आए पनि
वृक्षलाई सुईको नदिने तरिकाको छ
जति तालि बजेपनी आवाज नआउने तरिकाको छ
मानौ कि विद्रोहले निर्वात मन पराउँछ
लाग्दै छ विद्रोहले बिचित्र
विचार सिर्जना गर्दै छ,
दशैँको टिकामा पनि होलीको रङ्ग
भर्दै छ,
अजिब सुगन्ध छर्दै छ,
मलाई खिन्नता र खुसीको मिश्रणले श्रृंगार्दै छ,
खै मेरो भनिने 'म' कस्को लागि विद्रोह गर्दै छ?
-Sine030
0 Comments