शृङ्गार
भेट

आदिप्रश्न


 'आदिप्रश्न'


झस्काउने प्रश्न छन यहाँ
चारैतिर
अवाक भएर बसेको म बाट
तप्किन्छन मौन प्रश्नहरु कहिँलेकाहीँ
प्रश्नलाई नफुटने गरी रोकौँ कसरी ?

मौन प्रश्न के हो ?

सत्य के हो ?
तिमी मान्ने झुट बिनाको सत्य के हो ?
साथि के हो ?
साथि ,सत्य के हो ?
प्रश्न कति सोधुँ म तिमीलाई ,
त्यो पनि बुझाईदेउ है,

अनि तिमी को हौ ?


अदृश्य बहने ,
देखाएर,
छु भनेर,
बुझाउन नसक्ने बतासले
आफ्नै छालमा रमाएको,
बुझ्न नचाहाने समुन्द्रलाई
नछुने गरी कसरी टाढा गराउने ?

मैले तिमीलाई म बाट कसरी टाढा गराउने ?

अनि साच्चैँ ,
म को हुँ ?
मेरो प्रश्न सोध्नुको अर्थ के हो ?
तिमी प्रतिप्रश्न गर्नुको प्रश्न के हो ?
प्रश्न के हो ?    

हामी सबैको आदिप्रश्न के हो ?  
                        @Sine030


Post a Comment

0 Comments