"ऊ, कोही र परिवर्तन"
उसको आफ्नै आभा छ
ऊ आफैमा सुनगाभा छ ,
उसको सबैमा बेग्लै दृष्टि हुन्छ ,
उसको विचारमा बेग्लै कोण हुन्छ।
उसको वरिपरी 'कोही' थियो ,
रहिरह्यो ।
उसको आखाँमा चिसो आगो छ
जसभित्र 'कोही' जलिरह्यो,
तर पनि उस्तै रहिरह्यो
'कोही'
मात्र रहिरह्यो ।
आजकाल 'कोही' उसँग आँखा जुधाउँदा प्रलय देख्छ।
@ thesine030
0 Comments