शृङ्गार
भेट

खोज

     


         

खोज


के रह्यो त खै

पाउनु भन्नुको अर्थ,

के रह्यो त खै

पर्खनु भन्नुको अर्थ ।

पानी पोखीएर आफ्नै जमिनमा
हराउन खोज्दै छ,
बलेसी , आफुबाट टाढा गएर पनि
फर्केर आउने पानी खोज्दै छ ,
ऊ आएर पनि नभएका
आफ्नाहरु खोज्दै छ,
ऊ आएर पनि गएका
आफ्नाहरु खोज्दै छ,

ऊ सोच्दै छ ,
के रह्यो त खै
पाउनु भन्नुको अर्थ
के रह्यो त खै
पर्खनु भन्नुको अर्थ ।
           
                                @thesine030

Post a Comment

0 Comments