शृङ्गार
भेट

IPM

      



      IPM


आफूले खुसीसँग बाच्नलाई चाहेको
सधैदेखी चाहेको, त्यो हरियाली
ओईलाएको देख्दै छ ऊ
वरिपरि केही त छ
तर चाहेको 'त्यही' छैन ।

उसको विरूवामा जीवन बाच्न सकेन
उसको खेतमा असार नाच्न सकेन
उसक उधानका डालिहरु सिधा छन
झुक्न मान्दैनन ,मात्र लिने छन
दिन मान्दैनन ।
कमजोर बनाईएका छन उसका शाखाहरु
मित्रशत्रु चिन्न ढिला गरेछ ऊ
आफूप्रति आफै खिन्न परिरहेछ ऊ ।

भोकहरु बीच अन्तर नलेख्ने ऊ
निरन्तर लागिरहेछ ,
अरुको गासमा पनि ऊ
आफ्नो खुसीको वास बसाईरहेछ,
चिसो छ आफू भित्र तर पनि
जीवनहरू बचाईरहेछ ।


ऊ कृषक बन्नु अहिले
उसको लागि सकस भएको भन्छ ऊ
तर पनि झरेका पात मल बन्ने आशामा छ ऊ
IPM ले हरियाली सजाछनेछ ,विश्वासमा छ ऊ
फेरी खुसी पलाउनेछ
फलेर झुकेको चाड आउनेछ

फेरी ऊ कृषक हुँ भनी रमाउनेछ
फेरी ऊ म कृषक हुँ भनी रमाउनेछ ,
IPM ले गरेर पाएको उपहार सँगै, बहार ल्याउने छ ।

                 @thesine030



Post a Comment

0 Comments